+
+

उपप्रधानमन्त्री सिंहले भने– मलाई सुझाव र आइडिया दिनुस्

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ४ गते १२:१०

४ भदौ, काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारलाई रचनात्मक सुझाव दिएर सहयोग गर्न आह्वान गरेका छन् । केही नयाँ गर्ने भनेरै सरकारमा गएको भन्दै उनले रचनात्मक आइडियासहितको सुझावको अपेक्षा गरेको बताए ।

जनताले चुनेका व्यक्ति नै राज्य सञ्चालनको तहमा पुगेको भन्दै उनले भने, ‘राम्रा विचारहरु, आइडियाहरु, नदीनालाहरुको सुधार गर्नेदेखि लिएर, काठमाडौं उपत्यकाको प्रदूषित वातावरण सुधार के गर्दाखेरि हुन्छ भन्ने कुरामा कुनै त्यस्तो सुझाव छ भने दिनुहोला ।’ उनले सुझावका लापग घरमै वा सम्पर्क कार्यालयमै आउनसमेत आग्रह गरे ।

संविधानमा उल्लिखित अधिकारहरु जनताले महसुस हुने गरी कार्यान्वयनमा लैजानुपर्ने जरुरी रहेको भन्दै उनले त्यसका लागि सरकार क्रियाशील रहेको बताए । उनले भने, ‘अधिकार खाली संविधानमा भएर भएन, त्यसलाई कार्यान्वयन गराउनुपर्छ । त्यो स्टेजमा अहिले हामी छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?