+

वादोरियो कराते टोलीलाई प्रचण्डको विदाइ

२०८१ भदौ  ४ गते ११:२८ २०८१ भदौ ४ गते ११:२८
वादोरियो कराते टोलीलाई प्रचण्डको विदाइ

४ भदौ, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानमा हुने वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा सहभागी हुने खालाडिलाई विदाइ गरेका छन् ।
अध्यक्ष प्रचण्डले आज बिहान खुमलटारस्थित निवासमा आयोजित एक कार्यक्रममा ६ सदस्यीय टोलीलाई विदाइ गरेका हुन् ।

अगष्ट २४ र २५ तारिखका दिन जापानको टोकियोमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट एलन श्रेष्ठ, सुस्मिता वाईबा, अनिल उपरकोटी र आरोन शेरचन सहभागी हुँदैछन् ।

विदाइ कार्यक्रममा नेपाल कराते महासंघका उपाध्यक्ष श्याम शेर्पा, नेपाल वादोरियो कराते डो संघका केन्द्रीय पदाधिकारी लगायत सहभागी थिए । खेलाडीलाई विदाइ गर्दै अध्यक्ष प्रचण्डले सफलताको शुभकामना व्यक्त गरे ।

पुष्पकमल दाहाल प्रचण्ड वादोरियो कराते
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय