+

गर्भधारणमा महत्वपूर्ण प्रोल्याक्टिन हर्मोन के हो ?

२०८१ भदौ  ४ गते १२:२० २०८१ भदौ ४ गते १२:२०
गर्भधारणमा महत्वपूर्ण प्रोल्याक्टिन हर्मोन के हो ?

महिलाको शरीरमा धेरै प्रकारका हर्मोन उत्पादन हुन्छन् । जुन शरीरका विभिन्न क्रियाकलापका लागि आवश्यक हुन्छ । महिलाको शरीरमा हुने हर्मोनमध्ये एक प्रोल्याक्टिन हर्मोन हो ।

प्रोल्याक्टिन हर्मोन पिट्यूटरी ग्रन्थीबाट निस्कने हर्मोन हो, जुन यौन क्रियाकलाप, प्रजनन् क्षमता र स्तनपानमा सहयोगी  हुन्छ । गर्भवती नभएका महिलामा यसको स्तर कम हुन्छ ।

गर्भावस्था र सुत्केरीपछि महिलामा प्रोल्याक्टिन हर्मोनको स्तर बढ्छ । यो हर्मोनले स्तन विकासमा भूमिका खेल्छ र बच्चा जन्माएपछि महिलाको स्तनमा दूध उत्पादन गर्नलाई मद्दत गर्छ ।

यस बाहेक कहिलेकाहीं महिलामा प्रोल्याक्टिनको स्तर बढ्छ, त्यसैले यसलाई सन्तुलनमा राख्नु आवश्यक हुन्छ । प्रोल्याक्टिन हर्मोनको उच्च स्तरले अनियमित महिनावारी र गर्भधारणमा कठिनाइ जस्ता धेरै समस्या निम्त्याउन सक्छ ।

प्रोल्याक्टिन हर्मोनको स्तर बढेपछि टाउको दुख्ने, निप्पल डिस्चार्ज हुने र दृष्टि धमिलो हुने जस्ता धेरै लक्षणहरू देखिन्छन् । यस्तो अवस्थामा प्रोल्याक्टिनको स्तर सन्तुलनमा राख्न जीवनशैलीमा केही परिवर्तन गर्नुपर्छ ।

शरीरमा प्रोल्याक्टिनको स्तर कति हुनुपर्छ ?

सामान्यतया प्रोल्याक्टिनको स्तर गर्भावस्था भन्दा अघि २५ माइक्रोग्राम वा लिटर भन्दा कम हुन्छ । गर्भवती महिलाहरूमा भने ८० देखि ४०० माइक्रोग्राम वा लिटर हुन्छ ।

शरीरमा प्रोल्याक्टिनको स्तर बढ्दा देखिने संकेत  

महिनावारी गडबडी

शरीरमा प्रोल्याक्टिनको मात्रा उच्च हुँदा हर्मोनको असन्तुलन हुन्छ । जसकारण महिनावारी गडबडी हुन्छ । प्रोल्याक्टिनको मात्रा बढी हुँदा मस्तिष्कलाई ‘एफएसएच’ अर्थात् ‘फोलिकल स्टिम्युलेटिंग हर्मोन’ र ‘एलएच ल्युटेनाइजिङ हर्मोन’ निस्कन रोक्छ । यसले महिनावारीलाई असर गर्छ र जसले गर्दा महिनावारी ढिलो हुने वा महिनावारी नहुने समस्या हुन्छ ।

निप्पल डिस्चार्ज

यो हर्मोनको लेबल बढ्दा कतिपय महिलाको स्तनबाट पनि सेतो दूध जस्तो डिस्चार्ज हुन्छ । प्रोल्याक्टिन लेभल १०० भन्दा माथि पुग्दा समय पूर्व रजोनिवृत्तिको लक्षण देखा पर्छ र महिनावारी पूर्ण रूपमा बन्द हुन्छ यस्तो अवस्थामा गर्भधारण गर्न सकिंदैन ।

बाँझोपन

प्रोल्याक्टिनको उच्च स्तरले ओभुलेसनको प्रक्रियालाई ढिलो गर्छ । यस्तोमा अण्डाशयले बिस्तारै अण्डा छोड्छ । यसरी डिम्बाशयले ढिलो प्रक्रियामा अण्डाहरू छोड्दा प्राकृतिक गर्भधारणको सम्भावना कम हुन्छ ।

हाइपरप्रोलेक्टिनेमियाको समस्या 

पिट्यूटरी ग्रन्थीमा प्रोल्याक्टिन उत्पादन गर्ने कोषिकाहरुलाई ल्याक्टोट्रोफ भनिन्छ । कहिलेकाहीं यी कोषिकाहरुले आवश्यकता भन्दा बढी प्रोल्याक्टिन उत्पादन गर्न थाल्छन् वा यी कोषिकाहरु एकसाथ आउँछन् र गाँठो बनाउँछन् । यसले शरीरमा प्रोल्याक्टिनको मात्रा बढाउँछ । यो अवस्थालाई हाइपरप्रोलेक्टिनेमिया भनिन्छ ।

मानसिक स्वास्थ्यसँग सम्बन्धित केही औषधिको सेवनले पनि यस्तो हुनसक्छ । सामान्यतया, स्तनपान नगर्ने महिलाको रगतमा प्रोल्याक्टिनको स्तर प्रतिमिलिमिटर २५ न्यानो ग्राम भन्दा कम रहन्छ । यो भन्दा माथिको स्तर हाइपरप्रोलेक्टिनेमियाको लक्षण हो ।

प्रोलाक्टिन हर्मोन हाम्रो स्वास्थ्यका लागि महत्त्वपूर्ण छ र यसको सन्तुलनले हाम्रो दैनिक जीवनमा ठूलो प्रभाव पार्न सक्छ । यसको बारेमा राम्रो ज्ञान राख्नाले हामीले स्वास्थ्यसम्बन्धी समस्यालाई समयमै पहिचान र समाधान गर्न सकिन्छ । जीवनशैलीमा यी परिवर्तनहरू गर्दा प्रोल्याक्टिन स्तर सन्तुलनमा रहन्छ

दैनिक आहारमा भिटामिन ई युक्त खाना समावेश

प्रोल्याक्टिनको स्तर सन्तुलित गर्न, आफ्नो आहारमा भिटामिन ई युक्त खानेकुरा समावेश गर्नुपर्छ । यी खानेकुराले छालालाई मोइस्चराइज गर्छ र सुक्खापनबाट बचाउँछ । भिटामिन ई खानेकुराका लागि खानामा बदाम, चुकन्दर, पालक र एभोकाडो खान सकिन्छ ।

पर्याप्त निद्रा

प्रोल्याक्टिनको स्तर सन्तुलनमा राख्न दैनिक सातदेखि आठ घण्टा सुत्नुपर्छ । पर्याप्त निद्राले तनाव कम हुन्छ र हर्मोन सन्तुलित रहन्छ ।

रक्सी सेवनबाट बच्ने

रक्सी पिउनाले डोपामाइन उत्पादनमा परिवर्तनका कारण शरीरमा प्रोल्याक्टिनको स्तर बढ्न सक्छ । त्यसैले प्रोल्याक्टिन स्तर सन्तुलन गर्न, रक्सी सेवन गर्नु हुँदैन । रक्सीको सेवनले शरीरलाई हानि पुर्‍याउँछ र धेरै रोगको जोखिम बढाउँछ ।

भिटामिन बी६ युक्त खानेकुरा

प्रोल्याक्टिनको स्तर सन्तुलनमा राख्न भिटामिन बी६ युक्त खानेकुरालाई आहारमा समावेश गर्नुपर्छ । यी खानेकुराले अक्सिडेटिभ तनाव कम गरेर शरीरलाई स्वस्थ राख्छ । आफ्नो आहारमा भिटामिन बी६ युक्त खानेकुरा जस्तै आलु, केरा, पत्तेदार तरकारी समावेश गर्नुपर्छ ।

तनाव व्यवस्थापन

प्रोल्याक्टिन स्तर सन्तुलनमा राख्न तनाव व्यवस्थापन गर्नु पनि जरुरी हुन्छ । तनाव व्यवस्थापन गरेन भने शरीरमा कोर्टिसोलको स्तर बढ्छ र यसले प्रोल्याक्टिनको स्तर पनि बढाउँछ । त्यसैले तनाव व्यवस्थापन गर्न पर्याप्त निद्रा, स्वस्थ खाना, ध्यान अभ्यास, नियमित व्यायाम गर्नुपर्छ । जसले प्रोल्याक्टिनलाई नियन्त्रण राख्न सहयोग गर्छ ।

गर्भधारण प्रोल्याक्टिन हर्मोन हर्मोन
डा. विनय भट्टराई
लेखक
डा. विनय भट्टराई
मधुमेह, हार्मोन तथा थाइराइड रोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ९०९५ अध्ययन : एमबीबीएस र एमडी हाल काठमाडौंस्थित मेट्रो काठमाडौं र ह्याम्स अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?