+
+

सुन १ सय घट्यो, तोलाको कति ?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ४ गते १२:३१

४ भदौ, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ ।

महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य तोलामा १ लाख ५२ हजार २ सय रुपैयाँ तोकिएको छ ।

सोमबार छापावाल सुन तोलामा १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार १ लाख ५२ हजार ६ सय रुपैयाँ थियो ।

मंगलबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । आइतबार र सोमबार दुई दिनसम्म स्थिर रहेको चाँदीको मूल्य मंगलबार बढेको हो । मंगलबार चाँदीको मूल्य तोलामा १ हजार ८ सय २० रुपैयाँ तोकिएको छ । आइतबार र सोमबार चाँदीको प्रतितोला मूल्य १ हजार ८ सय १० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?