+
+

दयाहाङले सके ‘कार्साङ’को छायांकन, ‘पूजा, सर’को वर्ल्ड प्रिमियरलाई भेनिस जाँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ४ गते १२:३१

काठमाडौं । अभिनेता दयाहाङ राई र जितु नेपालले फिल्म ‘कार्साङ’को छायांकन सकेका छन् । यम शेर्पा निर्देशित फिल्मको छायांकन २२ दिनमा पूरा भएको हो ।

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्र र अन्य स्थानमा बाँकी एक दृश्य खिचिएसँगै सम्पूर्ण छायांकन सकिएको निर्माण पक्षले जानकारी दिएको छ ।

‘फिल्मको सम्पूर्ण टिम राम्रो रहेकाले सबैको मेहनतका साथ समयमै छायांकन सम्पन्न गर्न पाइयो,’ निर्देशक शेर्पाले भने, ‘अब पोस्टको काम त्यही अनुरूप गर्दैछौं, सोचे जस्तै भयो भने हामी चाँडै प्रदर्शन गर्न सक्छौं ।’

फिल्मलाई यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा निर्माण गरिएको हो । केही दिनअघि छायांकन सेटबाट क्यारेक्टर लुक्स सार्वजनिक गरिएको थियो जसमा दयाहाङ र अभिनेत्री सिर्जना निङ्लेखु देखिएका थिए ।

सामाजिक कथावस्तुमा निर्माण हुने यो फिल्ममा निर्देशक शेर्पा स्वयंको पटकथा र संवाद छ । फिल्ममा जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित र कर्मा शेर्पाको अभिनय छ । बाल कलाकारमा राशि लिम्बू र सोहन थापाले अभिनय गर्दैछन् ।

‘कार्साङ’को प्रदर्शन मिति भने तय गरिएको छैन ।

‘कार्साङ’पछि दयाहाङ आगामी फिल्म ‘दुःखी आत्मा’को छायांकनमा व्यस्त हुनेछन् । यो फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्नेछन् । दीपेन्द्रले दयाहाङसँग यसअघि घामपानी र नांगो गाउँमा सहकार्य गरिसकेका छन् ।

यसअघि दयाहाङ ‘पूजा, सर’को वर्ल्ड प्रिमियरका लागि इटाली जाँदैछन् । दीपक रौनियार निर्देशित यो फिल्मको वर्लड प्रिमियर २९ अगस्ट (१३ भदौ)मा भेनिस फिल्म फेस्टिभलमा हुँदैछ । भेनिसको ओरिजोन्टी विधामा विधामा फिल्म छनोट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?