+
+

जेलमा रहेका इमरान खानले अक्सफोर्ड विश्वविद्यालयको चान्सलर बन्न दिए निवेदन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ४ गते १२:४६

४ भदौ, काठमाडौं । एक वर्षभन्दा बढी समयदेखि जेलमा बन्द पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले बेलायतको अक्सफोर्ड विश्वविद्यालयको चान्सलर बन्नका लागि आवेदन दिएका छन् ।

इमरान खानका सल्लाहकार सैयद जुल्फिकर बुखारीले एक्स (साविकको ट्वीटर)मार्फत् सो जानकारी दिएका हुन् । उनका अनुसार इमरान खानले अक्सफोर्ड विश्वविद्यालयको चान्सलर इलेक्सन २०२४ का लागि आवेदन दिएका हुन् ।

बीबीसीका अनुसार विश्वविद्यालयले उम्मेदवारको नाम आगामी अक्टुबरमा सार्वजनिक गर्ने सम्भावना छ । मतदान २८ अक्टुबरमा अनलाइनमार्फत् हुने छ ।

पूर्वप्रधानमन्त्री खानमाथि सरकारी उपहार निजी सम्पत्ति सरह बेचेर भ्रष्टाचार गरेको लगायतका आरोप छन् । उनले भने राजनीतिक प्रतिशोधले आफूमाथि गलत आरोप लगाइएको जिकीर गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?