+
+

‘स्त्री २’ ब्लकबस्टर भएपछि निर्देशक : ‘स्टार पावरभन्दा कथाको शक्तिमा जोड दियौं’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ४ गते १३:१६

काठमाडौं । बलिउड अभिनेत्री श्रद्धा कपुर सन् २०१८ को हिट फिल्म ‘स्त्री’ को दोस्रो श्रृंखलासहित यतिबेला हलमा छाइरहेकी छन् । अमर कौशिक निर्देशित यो फिल्मले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

फिल्मले ‘बाहुबली २’, ‘गदर २’, ‘पठान’ जस्ता फिल्मलाई कमाइको आधारमा पछाडि छाडेको छ । भारतीय सञ्चारमाध्यमले शाहरुख खान र रणवीर कपुरकै लाइनमा श्रद्धा कपुर उभिएको चर्चा गरिरहेका छन् ।

एक अन्तर्वार्तामा फिल्मका निर्देशक कौशिकले आफूले ठूला स्टारमा निर्भर नभई बक्स अफिसमा हिट फिल्म दिने र स्टार पावरभन्दा कन्टेन्टको महत्वलाई जोड दिएको बताएका छन् ।

कनेक्ट सिनेसँगको एक अन्तर्वार्तामा कौशिकले फिल्म निर्माणको बारेमा भने, ‘मलाई अरू फिल्मको बारेमा थाहा छैन । तर हामी कुनै स्टारको पछि लाग्दैनौं । हामी कुनै पनि स्टार वरिपरि कथा निर्माण गर्दैनौं । यसको सट्टा हामी पहिले कथा सिर्जना गर्छौं र त्यसपछि यसका लागि उपयुक्त व्यक्ति छान्छौं ।’

उनले अगाडि भने, ‘मलाई पाँच वर्षअघि दर्शकले जस्तै महसुस भएको सम्झना छ । म सोचिरहेको थिएँ–कहानी कहाँ छ ? सबै कुरा स्टारको वरिपरि घुमेको छ र मलाई यो मन परेन । दर्शक बुद्धिमान छन् । उनीहरूलाई थाहा छ कि हामीले उनीहरूसँग जोडिने फिल्म बनाउन खोजिरहेका छौं ।’

फिल्ममा विषयवस्तुको महत्वबारे कुरा गर्दै निर्देशकले भने, ‘मुख्यतया हामी दर्शकलाई सेवा दिइरहेका छौं । उनीहरू मनोरञ्जनका साथ थिएटरबाट बाहिर निस्कन चाहन्छन् । स्टारको मूल्यलाई नकार्न सकिंदैन तर सबै कुरा उनीहरु वरपर घुम्नुपर्छ भन्ने हुँदैन । तपाईंले आफ्नो टोलीसँग मिलेर स्टार बनाउनुपर्छ र एक व्यक्तिमा भर पर्नु हुँदैन ।’

‘स्त्री २’ मा श्रद्धाका साथै राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बनर्जी र अपारशक्ति खुराना जस्ता स्टार कलाकार मुख्य भूमिकामा छन् । यो फिल्म दिनेश विजनको हरर-कमेडी ब्रह्माण्डको हिस्सा हो, जसमा भेडिया र मुन्ज्या जस्ता फिल्म पनि समावेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?