+
+

टेलर स्वीफ्ट ट्रम्पको पक्षमा खुलेकी हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ४ गते १३:२९

काठमाडौं । यतिबेला अमेरिकामा राष्ट्रपतीय चुनावको गर्मागर्मी माहोल छ । हलिउडदेखि अमेरिकी फेसन, संगीत उद्योग पनि राजनीतिबाट अछुतो रहने कुरो भएन । सेलिब्रेटी एकपछि अर्को गरी आफूलाई मनपर्ने उम्मेदवारको पक्षमा खुलेका छन् ।

तर कतिपय सेलिब्रेटी मौन छन् । पपस्टार टेलर स्वीफ्टले पनि यो मौनता साँधिरहेको जस्तो देखिएको छ । यो मौकाको फाइदा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले उठाइरहेका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गरेको यसबारेको एक तस्वीर यतिबेला इन्टरनेटमा भाइरल बनिरहेको छ । एआई सिर्जित यो नक्कली तस्वीरमा पपस्टार स्वीफ्ट र उनका फ्यानले ट्रम्पलाई समर्थन गरिरहेको देखिन्छ ।

‘म स्वीकार गर्छु’ लेखिएको सन्देशसहितको फोटो दक्षिणपन्थी दलको सोसल मिडियामा सेयर भइरहेको छ । ट्रम्पले सेयर गरेका फोटो स्पष्ट रुपमा डीपफेक देखिन्छ । अर्को एक फोटोमा ‘ट्रम्पका लागि स्विफ्टिज’ लेखिएका स्विफ्टिजका फ्यान मुस्कुराइरहेको टिसर्ट प्रिन्ट गरिएको देखिन्छ ।

अर्को एक तस्वीरमा कट्टरपन्थीको चेतावनीपछि हालै भियनाको कन्सर्ट रद्द भएपछि स्वीफ्ट ट्रम्पतिर ढल्किएको लेखिएको छ । नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावका कुनैपनि उम्मेदवारलाई स्वीफ्टले खुलेर समर्थन गरेकी छैनन् । सन् २०२० मा चाहिं उनी डेमोक्रेटिक पार्टीका उम्मेदवारको पक्षमा खुलेकी थिइन् ।

प्रहरी अधिकारीद्वारा जर्ज फ्लोयडको हत्यापछि राष्ट्रव्यापी विरोधको बीचमा स्वीफ्टले राष्ट्रपतिको कार्यकालमा ट्रम्पको सार्वजनिक रूपमा आलोचना गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?