+
+

प्रदीप गिरिको स्मृतिमा आयोजित कार्यक्रममा प्रचण्ड नजाने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ४ गते १४:२१

४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिको स्मृति दिवसमा आयोजित कार्यक्रममा नजाने भएका छन् ।

गिरिको दोस्रो स्मृति दिवसको अवसरमा स्कूल अफ डेमोक्रेसी संस्थाले मंगलबार काठमाडौंमा कार्यक्रम आयोजना गरेको छ ।

राजनीतिमा निष्ठा र नैतिकता विषयक विमर्श कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत सहभागी हुने तय भएको थियो ।

मंगलबार विहान पूर्वप्रधानमन्त्री प्रचण्डको सचिवालयले उनी गिरिको स्मृतिमा आयोजना हुने कार्यक्रममा सहभागी हुने उल्लेख गरेको थियो । तर अन्तिम समयमा कार्यव्यस्तताका कारण उनी उक्त कार्यक्रममा सहभागी नहुने आयोजकलाई जानकारी गराएको प्रचण्डको सचिवालयले जनाएको छ ।

स्कुल अफ डेमोक्रेसी नामक संस्थाले आयोजना गरेको कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, कांग्रेस नेता डा.शेखर कोइराला पनि सहभागी हुँदैछन् ।

स्कुल अफ डेमोक्रेसीका अध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले गत साता प्रचण्डलाई भेटेर कार्यक्रमको निमन्त्रणा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?