+
+

काठमाडौं–८ मा सवा ३ सय वर्ष पुरानो फल्चा पुनर्निर्माण

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ४ गते १४:३७

४ भदौ,काठमाडौं । काठमाडौं महानगरपालिका–८ का दुई फल्चा पुनर्निर्माण सकिएको छ ।

नवाली टोलमा रहेका ‘ग्वलः दे’ र ‘ध्वाखा छेँ’ (नरसिंह) फल्चा पुनर्निर्माण भएपछि मंगलबार वडाध्यक्ष आशामान संगतले उद्घाटन गरे ।

फल्चामध्येको ग्वलः दे फल्चा १९९० सालको भूकम्पपछि हराएको थियो । वडाध्यक्ष संगतका अनुसार घरको भित्तामा पाइएको शिलापत्र अध्ययन र करिब ५० सालतिर तयार पारिएको विवरण पुस्तिकाको फोटो हेरेर फल्चा पुनरुत्थान गरिएको हो ।

शिलापत्रमा फल्चा निर्माण नेपाल संवत् ८२० मा र पुनर्निर्माण ८७३ मा भएको उल्लेख छ । यसअनुसार फल्चा करिब ३ सय २४ वर्ष पुरानो हो ।

स्थानीय पाका मानिसका अनुसार १९९० सालको भूकम्पपछि फल्चा हराएको थियो । पशुपति क्षेत्रलाई पहिले ग्वलः दे (ग्वल देश) भनिन्थ्यो । त्यही नामबाट फल्चाको नाम भएबाट यसको प्राचीनता बुझ्न सकिन्छ ।

फल्चा पुनरुत्थानका लागि वडाले करिब १४ लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ । १४ फिट लम्बाइ र साढे ६ फिट चौडाइको फल्चा ९१ वर्ग फिट क्षेत्रफलको छ ।

२५ फिट लम्बाइ र १६ फिट चौडाइको नरसिंह फल्चा १९औं शताब्दीमा बनाइएको अभिलेख छ । ठमेलमा बस्ने कमान नरसिंह कर्णेलले बनाएकाले यसको नाम नरसिंह रहेको हो । यसलाई नेपाल भाषामा ‘ध्वाखा छेँ’ भन्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?