+
+

कैलालीमा ४ जना फरार प्रतिवादी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ४ गते १४:५६

४ भदौ, धनगढी । कैलालीमा प्रहरीले विभिन्न मुद्दाका ४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाका प्रहरी नायव निरीक्षक गजेन्द्रबहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका क्षेत्रबाट चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा दुई जना लागुऔषध र अन्य दुई जना चोरी मुद्दामा सजाय निर्धारण भएर फरार रहेका व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले जानकारी दिए ।

उनक अनुसार लागुऔषध मुद्दामा २९ दिन कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका–४ बस्ने २६ वर्षीय विजयकुमार नेपाली र धनगढी–३ बस्ने २८ वर्षीय प्रज्वल न्यौपाने रहेका छन् ।

यस्तै चोरी मुद्दामा २५ दिन कैद सजाय सुनाइएका धनगढी उपमहानगरपालिका–४ बस्ने २३ वर्षीय सुविन भन्ने सुरविर डगौरा र २१ वर्षीय राज चौधरी भन्ने राज सिंहलाई पनि पक्राउ गरिएको प्रहरी निरीक्षक कार्कीले बताए ।

पक्राउ परेका चारै जना फरार प्रतिवादीलाई आवश्यक कारवाहीका लागि कैलाली जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?