+
+
प्रविधि :

इन्स्टाग्राममा मेटा एआई कसरी प्रयोग गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ४ गते १५:३४

काठमाडौं । सोसल मिडिया प्लाटफर्म इन्स्टाग्रामले प्रयोगकर्ताहरुलाई धेरै खालका फिचरहरु उपलब्ध गराउँदै आएको छ । इन्स्टाग्रामको रिल्समा मानिसहरुले धेरै समय बिताउने गर्दछन् र यसबाट कैयन कन्टेन्ट सिर्जना गर्नाले मनग्गे पैसा पनि कमाउने गरेका छन् ।

कम्पनीले इन्स्टाग्राम प्रयोगकर्ताका लागि यस प्लाटफर्ममा आर्टिफिसियल इन्टेलिजेन्स फिचर ल्याइसकेको छ । इन्स्टाग्राममा उपलब्ध मेटा एआई फिचर प्रयोगकर्ताहरुका लागि निकै उपयोगी हुन्छ ।

यदि तपाईले अहिलेसम्म इन्स्टाग्राममा मेटा एआईको प्रयोग गर्नुभएको छैन भने पनि अब यसको अनुभव लिन सक्नुहुन्छ । मेटा एआइएको प्रयोग गरेर तपाइँले सजिलैसँग कुनैपनि प्रश्नको जवाफ प्राप्त गर्न सक्नुहुन्छ । इन्स्टाग्रामका सर्जकहरुले यो सुविधा प्रयोग गरेर आफ्नो सिर्जनात्मकतामा वृद्धि गर्नुका साथै आम्दानी पनि बढाउन सक्दछन् ।

इन्स्टाग्राम मेटा एआई एएटा च्याटबट हो । यो फिचरको मद्दतले कुनैपनि विषयका बारेमा व्यापक रुपमा जानकारी हासिल गर्न सक्नुहुन्छ । यतिमात्र होइन मेटा एआईको सहयोगमा प्रयोगकर्ताले विभिन्न खालका स्टोरी तथा तस्वीर पनि तयार गर्न सक्दछन् । इन्स्टाग्राममा मेटा एआई प्रयोग गर्नका लागि तल दिइएबमोजिमको तरिका अपनाउनु पर्दछः

  • आफ्नो डिभाइसमा इन्स्टाग्राम खोल्नुहोस्
  • त्यसपछि स्क्रिनको बायाँतर्फ स्वाइप गर्नुहोस्
  • स्क्रिनमा सबैभन्दा माथि सर्च बार देखिनेछ । त्यहाँ निलो रंगको गोलाकार आइकनको रुपमा मेटा एआईको विकल्प उपलब्ध हुन्छ । त्यसमा क्लिक गर्नुहोस् ।
  •  इन्स्टाग्राम मेटा एआई आइकनमा क्लिक गरेसँगै एउटा नयाँ स्क्रिन खुल्नेछ ।
  • त्यसपछि तपाइँले सो मेटा एआईसँग च्याट गर्न सक्नुहुन्छ र कुनैपनि विषयका बारेमा जानकारी प्राप्त गर्न सक्नुहुन्छ । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?