+
+

‘नरसिंहा अवतार’को भिलेनमा प्रशान्त ताम्राकार

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ४ गते १६:१६

काठमाडौं । स्टारकास्टको हिसाबले ‘नरसिंहा अवतार’ रोचक हुने देखिएको छ । अघिल्लो पुस्ताका राजेश हमालदेखि पछिल्लो पुस्ताका सनिशा भट्टराईसम्मका कलाकार यसमा छन् । निर्देशक दिवाकर भट्टराईले कास्टिङमा दुई पुस्ता बाँधेका छन् ।

यो लाइनअपमा जोडिएका छन् प्रशान्त ताम्राकार । फिल्मको प्रमुख भिलेन (खलनायक)को भूमिकाका लागि अभिनेता ताम्राकारले फिल्म साइन गरेका छन् । एकातिर हमाल र अर्कोतिर ताम्राकार, नायक र खलनायक चरित्रका यी दुई एक्टरको जुगलबन्दी रोचक हुने अपेक्षा छ ।

निर्देशक भट्टराईले मंगलबार ताम्राकारसँग लिखित सहमति भएको बताए । अघिल्लो फिल्म ‘ऐश्वर्या’मा पनि दिवाकर र प्रशान्तले सहकार्य गरेका थिए । त्यसमा पनि प्रशान्तले भिलेनको चरित्र निर्वाह गरेका थिए ।

भदौदेखि छायांकन हुने ‘नरसिंहा अवतार’मा नीति शाह र सरोज खनाल पनि अनुबन्धित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?