+
+

विराजको ‘१२ गाउँ’को प्रवर्द्धनमा भोजपुरी स्टार निरहुआ पनि

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ४ गते १६:२९

काठमाडौं । विराज भट्ट निर्देशित एक्सनप्रधान फिल्म ‘१२ गाउँ’ दशैंको फूलपातीमा रिलिज तयारीमा छ । उनका छोरा समीरले पनि यही फिल्मबाट रजतपटमा करिअरको थालनी गर्दैछन् ।

यसअघि उनले नेपालसँग सीमा जोडिएको विहारको भोजपुरी फिल्म उद्योगमा लामो समय काम पनि गरे । उनी भोजपुरी फिल्मका चर्चित अभिनेता समेत हुन् ।

भोजपुरी स्टार निरहुआसँग भट्टको गज्जबको दोस्ती पनि छ । विराज निरहुआलाई भैया भनेर बोलाउँछन् । यतिबेला विराजको डेब्यु निर्देशकीय फिल्मको प्रचारमा भोजपुरी स्टार निरहुआले पनि साथ दिएका छन् । निरहुआको वास्तविक नाम दिनेशलाल यादव हो ।

निरहुआले ‘१२ गाउँ’को ट्रेलर सेयर गर्दै निरहुआले लेखेका छन्, ‘मेरा मिल्ने साथी विराज भट्टजीका छोरा समीर भट्ट यो फिल्मबाट डेब्यु गर्दैछन्, तपाईं सबैले आफ्नो माया र आशीर्वाद दिनुहोस् ।’ जवाफमा विराजले भनेका छन्- ‘धन्यवाद भैया ।’

निरहुआ अहिले भोजपुरी फिल्म उद्योगका चर्चित अभिनेता हुन् । उनी बेलाबेलामा काठमाडौं आउँदा विराजलाई भेटिरहन्छन् । निरहुआले भारतको सत्तारुढ दल बीजेपीको तर्फबाट लोकसभाको चुनाव पनि लडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?