+
+

खैरो हेरोइनसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ४ गते १६:३७

४ भदौ, काठमाडौं । अवैध लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई प्रहरी वृत्त थानकोटले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाको बारदसी गाउँपालिका–३ घर भएका ३५ वर्षीय सुरेश थापा र नुवाकोटको सूर्यमती भन्ने ठाउँका ३६ वर्षीय रामकुमार थपलिया छन् ।

थापालाई प्रहरी ९७.४ ग्राम खैरो हेरोइनसहित प्रहरीले मंगलबार बिहान साढे ७ बजे नागढुंगा चेक प्वाइन्टबाट पक्राउ गरेको हो । धरानबाट काठमाडौं आएको बागमती प्रदेश ०१–००६ ख ५८८४ नम्बरको बसलाई जाँच गर्ने क्रममा थापा लागु औषधसहित पक्राउ परेका हुन् ।

उनैको सूचनाका आधारमा थपलियालाई माछापोखरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ  । थपलियाबाट ४ ग्राम खैरो हेराइन र ७५ हजार ५ सय नगद समेत बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?