+
+

देउवा एक कार्यकाल बराबर पनि प्रधानमन्त्री हुन पाउनुभएको छैन : शंकर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ४ गते १६:४९

४ भदौ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा राजनीतिक दलले आफ्नो नीति र कार्यक्रमका आधारमा मुलुकको नेतृत्व गर्ने परिस्थिति अझै नबनेको बताएका छन् ।

कांग्रेसका दिवंगत नेता प्रदीप गिरिको दोस्रो स्मृति कार्यक्रममा बोल्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवा ५ पटक प्रधानमन्त्री हुँदा पनि एक कार्यकाल बराबर सरकारको नेतृत्व गर्न नपाएको टिप्पणी गरे ।

‘कतिपयलाई के लाग्दछ भने आदरणीय शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री हुनुभयो । अब छैटौपटक प्रधानमन्त्री हुने तयारीमा हुनुहुन्छ भन्दा कति पटक भएको भन्ने प्रश्न खडा हुन्छ । ५ पटक हुनुभयो, तर एक कार्यकाल बराबरको नेतृत्व गर्नुभएको छैन नेपालको राजनीतिको विडम्बना त यही हो नि’, उनले भने ।

देउवा हेर्दा पाँच पटक भए पनि काम भने एक कार्यकाल (५ वर्ष) बराबर पनि सरकारको नेतृत्व गर्न नसकेको पोखरेलको भनाइ छ । कुनै राजनीतिक दल र नेताले आफ्नो नीति अनुसार देश चलाउन कम्तीमा एक कार्यकाल पाउनुपर्ने उनले बताए ।

‘हेर्दा पाँचपटक प्रधानमन्त्री हुनुभयो । समयका हिसाबले कति हुनुभयो ?’, पोखरेलले भने, ‘एउटा अवधि पाँच वर्षको हुन्छ । के धेरै हुुनुभयो भन्या ?’

त्यसका लागि थोरै र बलिया पार्टीहरु चाहिने उनले बताए । निरंकुशताविरुद्धको आन्दोलनमा धेरै राजनीतिक दल हुँदा पनि मिलेर काम गर्न सकिने भन्दै उनले विकास र समृद्धिका लागि भने बलिया दलहरु चाहिने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?