+
+

गगनको प्रश्न : १६५ क्षेत्रमै उम्मेदवार उठाउने आत्मविश्वास किन नराख्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ४ गते १६:५३

४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८४ को चुनावमा प्रतिनिधिसभाका सबै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गर्ने आत्मविश्वास पार्टीसँग हुनुपर्ने बताएका छन् ।

रुपन्देहीको भैरहवामा पार्टी प्रशिक्षण कार्यक्रममा बोल्ने क्रममा महामन्त्री थापाले प्रतिनिधि सभाका १६५ क्षेत्रमा कांग्रेसले चुनावी तालमेल नगरी उम्मेदवार हुनुपर्ने बताए । थापाले भने, ‘१६५ निर्वाचन क्षेत्रमा कांग्रेसले उम्मेदवार बनाउँछ । ४० प्रतिशत भन्दा बढी मत ल्याएर पाँच वर्ष एक्लै सरकार चलाउँछ । त्यति आत्मविश्वास नराख्ने ?’

कांग्रेस कार्यकर्ताले पार्टीमाथि लागेका आरोप चिर्न नसकेको भन्दै उनले आरोप चिर्न नसके यो गठबन्धन भ्रष्टाचारीलाई ढाकछोप गर्न बनेको भन्ने भाष्य निर्माण हुन सक्ने टिप्पणी गरे ।

सम्बन्धित पार्टी संरचनालाई तत् स्थानको उम्मेदवार छान्ने अधिकार दिनुपर्ने विकल्पमा पार्टीभित्र छलफल गर्नुपर्ने महामन्त्री थापाले बताए । ‘विधानको अनुभवबाट जे बदल्नुपर्ने हो बदलौं । पार्टीभित्रका समस्या हल गर्ने प्रयास गरौं,’ थापाले भने ।

सबै भ्रातृ संस्थालाई व्यवस्थापन गर्ने गरी भोलि वा पर्सिसम्ममा पार्टीबाट निर्देशक समिति बनाउने थापाले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?