+
+

कोशी प्रदेशसभाको बैठक १४ भदौमा बोलाइयो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ४ गते १७:०७

४ भदौ, विराटनगर । कोशी प्रदेशसभाको बैठक १४ भदौमा बस्ने भएको छ । मंगलबार प्रदेशसभा सचिवालयले प्रदेशसभा बैठक १८ भदौमा बोलाएको सूचना जारी गरेको थियो । लगत्तै अर्को सूचना जारी गर्दै प्रदेशसभा बैठक १४ भदौमा बोलाएको जानकारी दिएको छ ।

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले मिति परिवर्तन भएको अर्को सूचना जारी गरेका छन्, जसमा बैठक १४ भदौ १ बजे बोलाएको उल्लेख छ ।

सरकारको चाहना अनुसार सभामुख अम्बरबहादुर विष्टले संसद बैठक नबोलाएको भन्दै विरोध भएपछि सभामुखले बैठकको मिति १० दिन पछाडिका लागि तोकेका हुन् । ८ असारमा बजेट पास भएपछि स्थगित भएको प्रदेशसभा दुई महिनासम्म बस्न सकेको छैन ।

नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउन मन्त्रालय विभाजन गर्ने तयारी गरेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तारपछि मात्रै प्रदेशसभा बैठक बोलाउन सभामुखलाई आग्रह गरेका थिए । सभामुखले पनि उनलाई अनुकुल हुनेगरी समय दिएर प्रदेशसभा बैठक बोलाएका हुन् ।

*यसअघि प्रदेशसभा बैठक १८ भदौमा बोलाएको उल्लेख भएकाले सच्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?