+

बंगलादेशले श्रीलंकालाई हराएपछि नेपाल सेमिफाइनलमा

२०८१ भदौ  ४ गते १७:१८ २०८१ भदौ ४ गते १७:१८
बंगलादेशले श्रीलंकालाई हराएपछि नेपाल सेमिफाइनलमा

४ भदौ, काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनसिपमा मंगलबार बंगलादेशले श्रीलंकालाई २-० ले पराजित गरेपछि नेपाल एक खेलअघि नै सेमिफाइनल प्रवेश गरेको छ ।

यसअघि समूह ए को पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको थियो । बंगलादेशले पनि श्रीलंकालाई हराएपछि दुवै टोलीले समूहको अन्तिम खेल अघि नै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । लगातार दुई हारपछि श्रीलंका भने समूह चरणबाटै बाहिरिएको छ ।

अब बिहीबार नेपाल र बंगलादेशबीचको खेलले समूह एको विजेताको टुङ्गो लाग्नेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा बंगलादेशले दुवै हाफमा एक-एक गोल गरेको थियो ।

खेलको १७औं मिनेमा मिराजुल इस्लामले राबी होसेन राहुलको पासमा गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा पिएस अहमाद नोभाले बंगलादेशका लागि दोस्रो गोल गरे ।

साफ यु-२० च्याम्पियनसिपमा शुक्रबार भुटान र माल्दिभ्सबीच खेल हुनेछ । भुटान पहिलो खेलमा भारतसँग १-० ले पराजित भएको थियो ।

खेलकुद फुटबल यु-२० साफ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय