+
+

दशैंमा आउने भयो ‘लाखे आजु’, नेपाली र नेवारी भाषामा हेर्न पाइने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ४ गते १७:२३

काठमाडौं । सोहित मानन्धर र अशिष्मा नकर्मीको शीर्ष भूमिका रहेको फिल्म ‘लाखे आजु’ दशैं छेकोमा हलमा रिलिज हुने भएको छ । मंगलबार फिल्मको ट्रेलर सार्वजनिक भएको छ ।

आर्यम नकर्मी निर्देशित फिल्मको निर्माण तीन वर्षदेखि भइरहेको थियो । ‘लोकेसन, छायांकन र प्राविधिक कार्यले गर्दा अन्ततः यो दशैंमा फिल्म रिलिज हुँदैछ,’ निर्माता गोपाल कायस्थले भने, ‘दशैंको कुन मितिमा फिल्म लगाउने भन्ने कुरा हामी केही दिनमा टुंगो लगाउँछौं ।’

दर्शकले यो फिल्मलाई नेपाली र नेवारी भाषामा हेर्न पाउनेछन् । ट्रेलर पनि दुवै भाषामा रिलिज भएको छ । फिल्मले भगवान् र राक्षसको लडाइँको कथा भन्नेछ । निर्देशक नकर्मीको यो डेब्यु कथानक फिल्म हो ।

यो फिल्मलाई नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनको तयारी छ । कायस्थको बिके फिल्म्सले फिल्मलाई नेपाल र विदेशमा वितरण गर्नेछ । फिल्ममा सोहित र अशिष्मासहित मदनकृष्ण श्रेष्ठ, मदनदास श्रेष्ठ, सविन शाक्य, नागिना जोशी लगायतको पनि अभिनय छ ।

अशिष्मा चाहिं केही वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएकी छन् । ‘अन्तराल’ डेब्यु अभिनेत्रीले ९ वटा नेपाली भाषाका फिल्ममा अभिनय गरेकी छन् । ‘लाखे आजु’लाई प्रदीपकुमार उदय, नरेन्द्र महर्जन, अशिष्मा नकर्मी प्रधान र दीपक श्रेष्ठले संयुक्तरुपमा निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?