+
+

‘सिकन्दर’मा सलमानको डबल रोल, १० हजार पेस्तोलसहित एक्सन दृश्यको छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ४ गते १७:३१

काठमाडौं । सलमान खान र एआर मुरुगादासको एक्सनले भरिपूर्ण थ्रिलर फिल्म ‘सिकन्दर’को बारेमा लगातार अपडेट आइरहेका छन् । केही दिनअघि यो फिल्ममा सलमानले दोहोरो भूमिका गर्ने खबर थियो ।

फिल्मलाई लिएर नयाँ खबर छ । २२ अगस्टदेखि सुरु हुने फिल्मको एक्सन सिक्वेन्सका लागि करिब १० हजार पेस्तोल र गोलीको अर्डर गरिएको छ ।

यो फिल्ममा सलमानले एक व्यापारीको भूमिका निर्वाह गर्दैछन्, जो समाजमा राम्रो कामका लागि चिनिन्छ । योसँगै फिल्ममा उनले दबंग भूमिका पनि निर्वाह गर्दैछन् । रिपोर्टअनुसार टोलीले यतिबेला शानदार एक्सन सिक्वेन्सको तयारी गरिरहेको छ ।

यो सिक्वेन्सका लागि करिब १० हजार गोली र पेस्तोल अर्डर गरिएको बताइएको छ । ‘मिड डे’को रिपोर्ट अनुसार यो ‘हाई–ओक्टेन सिक्वेन्स’ ४० दिनको समय तालिकामा छायांकन हुनेछ ।

रिपोर्टका अनुसार फिल्म निर्माता दमदार एक्सन दृश्यमार्फत नायकलाई प्रस्तुत गर्न चाहन्छन्, जसले दर्शकलाई आकर्षित गर्न सकोस् । पहिलो सेड्युलमा सलमानले व्यक्तिगत चार्टर्ड प्लेनमा भिलेनका छोरासँग भिडन्तको दृश्य खिचेका थिए । ‘बाहुबली’ स्टार सत्यराजले फिल्मको एक्सन दृश्यमा आकर्षण थपेका छन् ।

‘सिकन्दर’ सन् २०२५ को इदमा रिलिज हुँदैछ । यो फिल्मको सुटिङका कारण उनले विगत दुई महिनादेखि अन्य फिल्मका लागि काम गरिरहेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?