+
+

उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिन्छ : देउवा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ४ गते १८:४८

४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापतिका शेरबहादुर देउवा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने बताएका छन् ।

समाजवादी चिन्तक प्रदीप गिरिको स्मृतिमा काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले सहमतिकै आधारमा संविधान संशोधन हुने बताएका हुन् ।

संविधान संशोधनका लागि आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सहमति भएको भन्दै उनले भने, उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने दुनियाँभरको चलन छ । यही सहमति बन्छ भने …।’

कांग्रेस र एमालेको सहमति कुनै पार्टीविरुद्ध नभएको समेत उनले बताए । ‘यसमा कुनै साथीभाइले आशंका गरिरहनुपर्ने आवश्यकता छैन’, ओली र आफूले सोचविचार गरेर सहमति गरेको भन्दै देउवाले भने, ‘माओवादी, माधवकुमार नेपालजीको पार्टी लगायत सबै दलहरुलाई साथ लिएर अघि बढ्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?