+
+

सिन्धुलीमा भीरबाट लडेर २२ वर्षीया महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ४ गते १९:५९

४ भदौ, सिन्धुली। सिन्धुलीको मरिण गाउँपालिका-१ टुँटिखेल बस्‍ने २२ वर्षीया महिलाको भीरबाट लडेर मृत्यु भएको छ ।

जंगलमा गोठालो जाने क्रममा भीरबाट लडेर ३० मिटर तल झरेका उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल कुमार खड्काले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?