+
+

लुम्बिनीका पूर्व मुख्यमन्त्री गिरीले फिर्ता गरे गाडी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ४ गते २०:२४

४ भदौ, बुटवल। लुम्बिनी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री लिला गिरीले गाडी सुविधा फिर्ता गरेका छन् । तत्कालीन मुख्यमन्त्री कुलप्रसाद केसीको कार्यकालमा पूर्व मुख्यमन्त्रीले गाडी सुविधा पाउने कानुन बनेको थियो ।

सोही कानुन अनुसार गिरीले गाडी सुविधा लिन पाउथें। तर गिरीले पुर्व मुख्यमन्त्रीका रुपमा गाडी सुविधा लिनु उचित नहुने भन्दै मंगलबार प्रदेश सभामा फिर्ता गरेका हुन् ।

‘पूर्व मुख्यमन्त्रीका रुपमा पाउने गाडी सुविधा नलिने भनेर पहिल्यै प्रदेश सभा सचिवालयलाई जानकारी गराएर लिएको थिइन, तर एमाले संसदीय दलको नेता हुँदासम्म संसदीय दलको नेताको हैसियतमा गाडी सुविधा लिएको थिएं’–गिरीले भने–‘संसदीय दलको नेताबाट समेत बिदा भएपछि कानुन बमोजिम नै प्रदेश सरकारले उपलब्ध गराएको गाडी सुविधा फिर्ता गरेको हुं ।’

कानुन छ भन्दैमा आजिवन राज्यबाट सुविधा प्रयोग गर्नु अनैतिक हुने मान्यताले गाडी सुविधा फिर्ता गरेको गिरीले प्रष्ट पारे । गिरी एमालेभित्र सादगी र इमान्दार नेतामा पर्छन् ।

संसदीय दलको नेता हुँदाहुँदै पार्टी महासचिव शंकर पोखरेलको जोडबलमा उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाएपछि गिरीले आफूमाथि अन्याय भएको गुनासो गर्दै आएका छन् । यसअघि पूर्व मुख्यमन्त्री शंकर पोखरेलले पनि गाडी सुविधा फिर्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?