+
+

‘सतीदेवी’को काठमाडौं प्रिमियर, लैंगिक समानताको सन्देश दिने भन्दै प्रशंसा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ४ गते २२:००
‘सतीदेवी’को काठमाडौं प्रिमियरमा निर्देशक लक्ष्मण सुवेदी (दायाँदेखि) र कलाकार । तस्वीर : सुरेन्द्र थापा

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘सतीदेवी’लाई मंगलबार बेलुका प्रिमियर गरिएको छ । राजधानीको एक मल्टिप्लेक्समा आयोजित समारोहमा फिल्मकर्मी, संचारकर्मीको बाक्लो उपस्थिती देखियो ।

निर्देशक लक्ष्मण सुवेदी, अभिनेत्री मलिका महत, सन्दीपबाबु लोहनीसहित अन्य कलाकार तथा क्रू प्रिमियरमा सहभागि रहे । प्रिमियरमा फिल्मले उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ ।

प्रिमियरमा फिल्म हेरेका दर्शकले फिल्मले लैंगिक समानताको पक्षमा सामाजिक सन्देश दिएको बताए । उनीहरुले कलात्मक पक्षको प्रशंसा गर्दै अभिनयको समेत तारिफ गरे ।

लक्ष्मण सुवेदी निर्देशित फिल्ममा मलिकाको शीर्ष भूमिका छ । उनले लमजुङकी एक ग्रामिण युवती सतीदेवी अधिकारी नामक चरित्र निर्वाह गरेकी छन् । बाबु र छोरीबीचको स्नेही सम्बन्ध, आरोह-अवरोह र समाजको पितृसत्तात्मक सोचविरुद्ध संघर्ष गर्ने महिलाको कथावस्तुमा फिल्म बनेको छ ।

फिल्ममा मलिकासहित रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, इश्वरी सिंह, सन्देश लिम्बु, पवन केसी, जगदीश अधिकारीको अभिनय छ ।

दिलासा र साराको प्रस्तुती रहेको फिल्मको निर्माताका श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् । दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको फिल्ममा सुवेदीकै पटकथा र संवाद छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?