+
+

जापानमा विमानस्थलको स्टोरबाट कैंची हराउँदा ३६ उडान रद्द

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ५ गते ७:१९

५ भदौ, काठमाडौं । जापानको एक विमानस्थलको स्टोरमा राखिएको एक जोडा कैंची हराउँदा ३६ उडान रद्द भएको छ । २०१ वटा उडान पूर्वनिर्धारित समयभन्दा ढिलो भएका छन् ।

बीबीसीका अनुसार गत शनिबार बिहान होक्काइदोको न्यू चिटोज विमानस्थलको आन्तरिक टर्मिनलको बोर्डिङ पास लिने ठाउँ नजिकको स्टोरमा राखिएको कैंची हराएको थियो । त्यसपछि, सुरक्षाको कारण देखाउँदै उडान प्रभावित भएको हो ।

सुरक्षाकर्मीहरुले विमानस्थलमा यात्रुहरुको दोहोर्‍याएर कडा सुरक्षा जाँच गरेका थिए । त्यसक्रममा यात्रुहरुको लामो लाइन लागेको थियो ।

बीबीसीले लेखेको छ, ‘अधिकारीहरुले त्यो दिन हराएको कैंची खोज्ने कोसिस गरेर तर भेटिएन । भोलिपल्ट त्यही स्टोरमा कैंची भेटियो ।’

विमानस्थलमा कैंची काण्डले जापानमा वार्षिक बोन उत्सव मनाएर घर फर्किरहेका यात्रुहरुले हैरानी खेप्नु परेको थियो । तीमध्येका एक यात्रुले भनेका छन्, ‘हामीसँग पर्खिनु बाहेक अरु कुनै विकल्प थिएन । मलाई लाग्छ एयरलाइन्सले अलिकति सावधानी अपनाउनुपर्छ ।’

कतिपयले विमानस्थलका अधिकारीहरुको प्रशंसा पनि गरेका छन् । उनीहरुले भनेका छन्-विमानस्थलका अधिकारीहरु यात्रुहरुको सुरक्षाका लागि कति चिन्तित छन् भन्ने कुरा यसले देखाउँछ ।

होक्काइदोको न्यू चिटोज विमानस्थल व्यस्त हुने विमानस्थलमा गनिन्छ । सन् २०२२ मा यही विमानस्थलबाट एक करोड ५० लाख यात्रुहरुले हवाई यात्रा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?