+

सिटीका फिल फोडेनले जिते पीएफए वर्ष खेलाडी अवार्ड

२०८१ भदौ  ५ गते ८:०१ २०८१ भदौ ५ गते ८:०१
सिटीका फिल फोडेनले जिते पीएफए वर्ष खेलाडी अवार्ड

५ भदौ, काठमाडौं । म्यानचेस्टर सिटीका मिडफिल्डर फिल फोडेनले प्रोफेसनल फुटबलर्स एसोसियसन (पीएफए) वर्ष खेलाडीको अवार्ड जितेका छन् ।

सिटीले गत सिजन लगातार चौथो पटक प्रिमियर लिगको उपाधि जित्दा प्रमुख खेलाडी रहेका फोडेनले वर्ष खेलाडीको अवार्ड जितेका हुन् ।

‘यो अवार्ड जित्नु एकदमै विशेष छ । यो अवार्ड जित्दा म एकदमै गौरवान्वित र आभारी छु ।’ फोडेनले भनेका छन् ।

फोडेनले २०२३-२४ को सिजन सिटीका लागि ३५ खेल खेल्दै १९ गोल गरेका थिए । फोडेनले गत सिजन प्रिमियर लिग प्लेअर अफ दि सिजन अवार्ड जितेका थिए । यस्तै फुटबल राइटर्स एसोसिएसन (एफडब्लुए) फुटबल अफ दि इयर पनि घोषित भएका थिए ।

यस्तै चेल्सीका कोल पाल्मरले वर्ष युवा खेलाडीको अवार्ड जिते । उनले गत सिजन २२ गोल गरेका थिए ।

सन् २००९-१० यता पहिलो पटक दुवै अवार्ड इंग्लिस खेलाडी जितेका हुन् । त्यतिबेला वायन रुनीले वर्ष युवा खेलाडी र र जेम्स मिल्नरले वर्ष खेलाडीको अवार्ड जितेका थिए ।

 

पीएफए वर्षा खेलाडी फिल फोडेन म्यानचेष्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय