+
+

अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध

रासस रासस
२०८१ भदौ ५ गते ९:००
फाइल फाइल ।

५ भदौ, जुम्ला । अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत-जुम्ला सडकखण्ड अन्तर्गत मंगलबार रातिदेखिको वर्षाले कालीकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी वीरबहादुर जिटीका अनुसार अवरुद्ध सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । बर्खायाममा कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ ।

पटकपटक पहिरो गइरहने जोखिम ठाउँहरुमा सडक स्तरोन्नति गर्न सम्बन्धित निकायको ध्यान नदिँदा वर्षैपिच्छे यात्रुले सास्ती पाउँदै आएका छन् । सडक बन्द हुँदा जुम्ला, मुगुबाट सुर्खेत, नेपालगन्ज र काठमाडौ जाने सवारीसाधन बीच बाटोमा रोकिँदा सयौं यात्रुहरू अलपत्रमा परेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?