+
+

सारती मकैको चनाचटपटे बेच्छिन्

रासस रासस
२०८१ भदौ ५ गते ११:००

५ भदौ, दाङ । सामान्यतया: चटपटे भुटेका चना, भुजा, चाउचाउलगायत खाद्यपदार्थ मिसाएर बनाइन्छ । तर दाङ राप्ती गाउँपालिका–३ मसुरियाकी सारती अधिकारी मकैको चटपटेबाट आम्दानी पनि प्रशस्त गर्दै आएकी छन् ।

सुरुमा आफूले पनि भुजा, चाउचाउको चनाचटपटे बनाउने गरेको तर पछि यसमा प्रयोग हुने मेसिन र तालिम गाउँपालिकाबाट निःशुल्क पाएपछि नयाँ काम सुरु गरेको अधिकारी बताउँछिन् । ‘घरमा त्यसै बस्नुभन्दा व्यवसायमा जोडिएपछि दुई–चार पैसा आवश्यक परेका बेला अरुसँग माग्नुपर्ने बाध्यता अन्त्य भएको छ’, उनले भनिन् ।

चटपटे बनाउन प्रयोग गरिने मेसिन निःशुल्क पाएपछि अझ सहज भएको उनी सुनाउँछिन् । मेसिन मकै उसिन्ने, अचार बनाउनेलगायत काममा प्रयोग हुने गरेको छ । अन्यको भन्दा मकैको चटपटे सबैले मन पराएर खाइदिने हुँदा व्यवसाय गर्ने हौसला पनि उनको भनाइ छ ।

२८ वर्षीया सारती सोही वडाको खुरुरिया पुलनिर विगत चार वर्षदेखि चटपटेसँगै पानीपुरीको व्यवसाय गर्दै आएकी हुन् । यो व्यवसायबाट दैनिक एक हजारदेखि १५ सय रुपैयाँसम्म आम्दानी हुने भएकाले मासिक २०–२५ हजार रुपैयाँ कारोबार हुने उनको भनाइ छ । ‘मासिक १०–१२ हजार रुपैयाँ बचत हुने गरेको छ’, उनले भनिन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?