+
+

दाङमा इनार सफा गर्ने क्रममा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ५ गते १२:१२

५ भदौ, काठमाडौं । दाङमा इनार सफा गर्न भित्र छिरेका दुई जनाको निसासिएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँका मुकेश विक र सोही ठाउँका यामबहादुर नेपाली छन् । उनीहरु बुधबार बिहान साढे १० बजेतिर दमारगाउँकै दुर्गा विकको इनार सफा गर्न भन्दै भित्र प्रवेश गरेका थिए ।

बाहिर निस्कन नसकी निसासिएको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय तलुसीपुरबाट खटिएको टोलीले उनीहरुलाई इनारबाट निकालेको थियो ।

उपचारका लागि राप्ति प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको ११ बजे बिहान चिकित्सकले मृत घोषणा गरेको दाङका डीएसपी रामप्रसाद तिमल्सिनाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?