+
+

नागढुंगा नजिक पहिरो, सडक दुईतर्फी बन्द

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ५ गते १२:२१
नागढुंगा क्षेत्रमा सवारी साधनको जाम । फाइल फोटो

५ भदौ, काठमाडौं । काठमाडौंको मुख्य नाका नागढुंगा नजिक पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार नागढुंगाको नाग मन्दिर नजिक ठूलो पहिरो खसेकाले दुईतर्फ नै आउ–जाउ बन्द भएको छ ।

बेला–बेला पहिरो झर्ने क्रम जारी छ । त्यसैले पहिरो पन्छाउन केही घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

राजमार्ग बन्द भएकाले यात्रुहरु मर्कामा परेका छन् । कतिपयले वैकल्पिक मार्गको रुपमा खानीखोला–नागढुङ्गा र सीतापाइला–धार्के सडक प्रयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?