+
+

पोखराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट

न्यून भिजिबिलिटीका कारण पोखरा विमानस्थल बन्द

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ५ गते १२:२६
फाइल तस्वीर ।

५ भदौ, पोखरा । पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज मौसम खराबीका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको छ ।

पोखराबाट ७२ जना यात्रु लिएर बिहान काठमाडौं उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको पोखरा विमानस्थलले जनाएको छ ।

बिहान ७:२५ मा उड्ने तय भएको जहाज सवा ९ बजेमात्र काठमाडौं उडेको थियो । तर, काठमाडौंको मौसम खराब हुँदा करिब २० मिनेट आकाशमा घुमेर भैरहवा अवतरण भएको हो ।

बुद्धको उडान नम्बर ६६४ को एटीआर ७२ जहाज काठमाडौंका लागि उडे पनि भैरहवा अवतरण भएको पोखरा विमानस्थलकी सूचना अधिकारी जसोदा रेग्मीले जानकारी दिइन् ।

अहिले यात्रु भैरहवा विमानस्थलमा रहेको र काठमाडौंको मौसम खुलेलगत्तै उडान हुने जानकारी दिइएको यात्रु टीका रेग्मीले बताए ।

काठमाडौं अवतरण नभएपछि डाइभर्ट गरेर बिहान  १०:२० मा भैरहवा अवतरण गरेको रेग्मीले जानकारी दिए ।

पोखराबाट उडान भर्ने बेला काठमाडौंको मौसम ठिकै देखिए पनि एक्कासि बिग्रिएको विमानस्थलको भनाइ छ ।

बिहान पोखरा विमानस्थलबाट बुद्धका २ वटा जहाज काठमाडौंका लागि उडेको थियो । त्यसमध्ये एउटा अवतरण भएको छ भने अर्को भिजिबिलिटीका कारण अवतरण गर्न नसकी भैरहवा गएको हो ।

त्यसयता पोखरा विमानस्थलबाट कुनै पनि उडान भएको छैन । पोखरा विमानस्थलका अनुसार भिजिबिलिटीका कारण उडान र अवतरण दुवै ठप्प भएको छ । अझै केहीबेर विमानस्थल खुल्ने अवस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?