+
+

‘बुलाकी’ श्रीलंकाको जाफ्ना फिल्म फेस्टिभलमा छनोट

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ५ गते १२:२८

काठमाडौं । शुक्रबारदेखि नेपालका हलमा पुन: प्रदर्शन भएको सोसल–ड्रामा फिल्म ‘बुलाकी’ श्रीलंकाको जाफ्ना अन्तर्राष्ट्रिय सिनेमा फेस्टिभल २०२४ मा छनोट भएको छ । फेस्टिभलको ‘उत्कृष्ट डेब्यु फिल्मको प्रतिस्पर्धा’ खण्डमा फिल्म छनोट भएको निर्माताद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

फेस्टिभलको यस वर्षको संस्करण सेप्टेम्बर २ देखि ८ सम्म आयोजना हुँदैछ । लक्ष्मण सुनार निर्देशित यो फिल्म अहिले नेपालका हलमा प्रदर्शन भइरहेको छ ।

गत वर्षको फेस्टिभल संस्करणमा अर्को नेपाली फिल्म ‘द रेड सुट्केस’ले पुरस्कार जितेको थियो । ‘तन, मन, धन र ज्यान बाजी लगाएर गरिएको कामले कहीं न कहीं सार्थकता पाउने रहेछ । श्रीलंकाको प्रतिष्ठित सिनेमा महोत्सवमा बुलाकी छनोट भएको खुसी साट्न पाउँदा हर्षित छु,’ निर्माता तथा अभिनेता विराज विष्टले लेखेका छन् ।

अर्को सातादेखि अन्तर्राष्ट्रिय प्रदर्शनको थालनी हुने उनले जानकारी दिए । चलचित्र विकास बोर्डले समेत पुरस्कृत गरेको यो फिल्म यसअघि देश तथा विदेशका विभिन्न प्रतिष्ठित अवार्ड समारोहमा पुरस्कृत भइसकेको छ ।

पश्चिम नेपालको कर्णाली र सुदूरपश्चिम भेगको सामाजिक कथा उठान गरेको फिल्ममा सुरक्षा पन्त, नरेन खड्का, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?