+
+

स्थानीय तहको उपनिर्वाचनमा रास्वपा सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ५ गते १३:५२

५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तहको उपनिर्वाचनमा सहभागी हुने भएको छ ।

पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले उपनिर्वाचनमा सहभागी हुने निर्णय गरेको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी गराए । ‘स्थानीय तहको उप निर्वाचनका आम नागरिकको अधिकार प्राप्तका लागि सुशासन कायम गर्ने बलियो कडिका रुपमा बढाउने निर्णय भएको छ,’ बुर्लाकोटीले भने ।

निर्वाचन आयोगले आगामी मंसिरमा स्थानीय तहमा रिक्त रहेका पदमा उप निर्वाचन गर्न लागेको छ । स्थानीय तहको निर्वाचन रास्वपाको सहभागिता लागि पहिलोपटक हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?