+
+

अर्को सातादेखि ‘अब हाँस्छ युरोप’ कमेडी टुर

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ५ गते १२:४०

काठमाडौं । नयाँ पुस्ताका हास्य कलाकार भरतमणि पौडेल, सुमन कार्की र कैलाश कार्कीले युरोपमा रहेका नेपाली समुदायलाई हँसाउने भएका छन् । अमेरिकापछि उनीहरुले युरोपेली मुलुकमा कमेडी टुर गर्न लागेका हुन् ।

यसका लागि आयोजकले युरोपेली डायस्पोराको कार्यक्रम तालिका सार्वजनिक गरेका छन् । ३१ अगस्टमा पोल्याण्डको उच सहरदेखि  सुरु हुने ‘अब हाँस्छ युरोप’ यात्रा फ्रान्स, माल्टा, बेल्जियम, जर्मनी, स्पेन, फिनल्याण्ड र डेनमार्कमा हुनेछ ।

२ सेप्टेम्बरमा बेल्जियमको एन्टर्प, ६ सेप्टेम्बरमा जर्मनीको ह्याम्बर्ग, ८ सेप्टेम्बरमा फ्रान्सको पेरिस, १४ सेप्टेम्बरमा जर्मनीको फ्रयांकफर्ट, १६ सेप्टेम्बरमा फिनल्याण्डको हेलसिन्की, २१ सेप्टेम्बरमा माल्टाको भेलिटा, २२ सेप्टेम्बरमा स्पेनको मड्रिड, २३ सेप्टेम्बरमा स्पेनको बार्सिलोना र ३० सेप्टेम्बरमा पोर्चुगलको लिस्बनमा कार्यक्रम तय छ ।

त्यसपछि नर्वेको ओस्लो र डेनमार्कको कोपहेनगनमा पनि कार्यक्रम हुने जनाइएको छ । मामा इभेन्ट्स र गुरुङ केएनएस इन्टरटेन्मेन्ट्सले संयुक्त रुपमा कार्यक्रम आयोजना गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?