+
+

तोलामा ८०० रुपैयाँ बढ्दा सुनको मूल्यमा नयाँ रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ५ गते १२:४५

५ भदौ, काठमाडौं । बुधबार सुनको मूल्यमा फेरि नयाँ रेकर्ड बनेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दा नेपाली बजारमा पनि सुनको मूल्य बढिरहेको छ ।

बुधबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले वृद्धि हुँदा १ लाख ५३ हजारमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको मूल्य अहिलेसम्मकै उच्च पुगेको हो । यसअघि २ भदौमा सुनको मूल्य तोलाको १ लाख ५२ हजार ६०० थियो । उक्त रेकर्ड तोड्दै बुधबार नयाँ रेकर्ड बनेको हो ।

चाँदीको मूल्य पनि बुधबार तोलामा १५ रुपैयाँले वृद्धि भएर १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?