+
+

छोरीको अन्नप्राशनमा पशुपतिमा रेखाले चलाइन् भण्डारा, आजै जन्मदिन पनि

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ५ गते १३:२९

काठमाडौं । अभिनेत्री रेखा थापाका लागि बुधबारको दिन दुई किसिमले खास छ । आज उनी परिवार र साथीभाइमाझ जन्मदिन सेलिब्रेसन गर्दैछिन् । अर्कोतिर, आजै छोरी वैभवीको अन्नप्राशन पनि ।

यो दिनलाई खास बनाउन रेखा बिहानैदेखि व्यस्त छिन् । एकातिर उनी सामाजिक सञ्जालदेखि मोबाइलसम्म प्रशंसक र आफन्तको जन्मदिन शुभकामना ग्रहण गरिरहेकी छन् । अर्कोतिर, छोरीको अन्नप्राशनका लागि बिहानैदेखि पशुपतिमा अन्नपूर्णदेवीको पूजाआजामा व्यस्त छिन् । त्यहाँ उनले अन्नपूर्ण भण्डारा चलाइरहेकी छिन् । यो भण्डारा चलाउनुको उद्देश्य निसहाय, गरिब र विपन्न सर्वसाधारणलाई भोजनको सहज उपलब्धता होस् भन्ने रहेको उनको भनाइ छ ।

‘मान्छेले तडकभडकसहित पैसा खर्च गरिरहेका हुन्छन् । यसरी भण्डारा चलाउनुको उद्देश्य एक गाँस खाना खान नपाउनेले पनि अन्न खान पाओस् भन्ने हो । यसका लागि अन्नपूर्णदेवीको पूजासहित भण्डारा चलाएकी हुँ,’ रेखाले अनलाइनखबरसँग भनिन् ।

छोरी वैभवी सात महिना लागेकी छिन् । अर्कोतर्फ, रेखा चाँडै दर्शकलाई नयाँ फिल्म र यसको अपडेटसहित सरप्राइज दिन चाहन्छिन् । सवीर श्रेष्ठले निर्देशन गर्ने आगामी फिल्मलाई लिएर चाँडै एक सरप्राइज अपडेट दिने उनले बताइन् ।

मोरङको सुन्दरहरैंचा नगरपालिका, सलकपुरमा जन्मिएकी रेखा २०५७ सालमा फिल्म ‘हिरो’बाट रजतपटमा प्रवेश गरेकी हुन् । उनले दर्जनौं फिल्ममा अभिनय गरेकी छन् । पछिल्लो समय फिल्म निर्माणमा समेत सक्रिय रेखाको पछिल्लो फिल्म ‘उपहार’ हो । रेखा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?