+
+

‘केबीसी १६’ मा एक करोड भारुको प्रश्नसामु पुग्ने पहिलो प्रतियोगी बनिन् नरेशी मीना

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ५ गते १३:३९

काठमाडौं । भारतीय टिभी रियालिटी शो ‘कौन बनेगा करोडपति’को १६ औं सिजन चलिरहेको छ । शोलाई लिएर रोचक अपडेट छ । राजस्थानको सवाई माधोपुरकी नरेशी मीना यो सिजनमा एक करोड भारुको प्रश्नमा पुग्ने पहिलो प्रतियोगी बनेकी छन् ।

शोका होस्ट अमिताभ बच्चनले २७ वर्षीया मीनालाई एक करोड भारुको प्रश्न सोध्नेछन् । तर उनी करोडपति बन्छिन् कि बन्दिनन् भन्ने कुरा थाहा पाउन आगामी एपिसोड पर्खिनुपर्नेछ ।

‘केबीसी’को यो सिजनको थिम ‘जिन्दगी छ, हरेक मोडमा प्रश्न सोध्छ, जवाफ दिनु अनिवार्य छ’ रहेको छ । बुधबारको एपिसोडमा नरेशी मीना बच्चनको अपोजिटमा देखिनेछिन् । उनले शोमा आफू गम्भीर बिरामी भएको र जीवन परिवर्तन गर्ने चुनौतीबारे उनले कुरा गरेकी छन् ।

मीनाको आत्मविश्वास र अनुहारमा मुस्कान देखेर अमिताभ पनि प्रभावित भए । नरेशी मीना भदौ २० गते मंगलबार राति हट सिटमा पुगेकी छन् । उनले बुधबारको केबीसीको एपिसोडमा प्रश्नहरुको सामना गर्नेछिन् ।

ब्रेन ट्युमरबाट पीडित भएपनि नरेशीले जीवनका हरेक अवरोधलाई आफ्नो बलले सामना गरिरहेकी छिन् । उनी महिला सशक्तीकरण विभागमा पर्यवेक्षकका रूपमा कार्यरत छिन् । उनी आफ्नो यात्रामार्फत महिलालाई अवसरका लागि सशक्त बनाउन चाहन्छिन् ।

शोमा नरेशीलाई गेम जितेको पैसाले के गर्ने भनेर बताउँदा अमिताभ अलि भावुक हुन्छन् । बिरामीको उपचारका लागि आमाले गहना धितो राखेको उनी बताउँछिन् । उनी यो पैसा आमालाई फिर्ता दिन चाहन्छिन् । नरेशीका बुबा एक साधारण किसान हुन् । छोरीको पढाइमा सधैं जोड दिन्छन् ।

शोमा ५० लाख रुपैयाँको प्रश्नको सही जवाफ दिएपछि नरेशी मीना ‘कौन बनेगा करोडपति सिजन १६’ को पहिलो प्रतियोगी बनेकी छिन्, जसले एक करोड रुपैयाँको प्रश्नको सामना गर्नेछिन् । तपाईंले ‘केबीसी १६’ को यो एपिसोड राति सवा ९ बजे सोनी इन्टरटेनमेन्ट टेलिभिजन र सोनी लाइभ एपमा हेर्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?