+
+

रास्वपाले मुकुल ढकालसँग दोस्रो पटक माग्यो स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ५ गते १३:४०

५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

यसअघि सचिवालय बैठकले गरेको निर्णयलाई बुधबार बसेको केन्द्रीय समितिले अनुमोदन गरेको हो ।

‘पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई तपाईंलाई साधारण सदस्य नरहने गरी किन कारबाही नगर्ने भनी २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ’, कार्यबाहक प्रवक्ता मनिष झाले भने ।

यसअघि ३० साउनमा पनि रास्वपाले मुकुलसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो । जसको जवाफमा ढकालले सभापति रवि लामिछानेलाई आफ्नो नैतिक धरातल पुष्टी गर्न चुनौती दिएका थिए ।

सचिवालयले सोधेको स्पष्टीकरणमा ढकालले चित्तबुझ्दो जवाफ नदिएको बुधबारको केन्द्रीय समिति बैठकले ठहर गरेको छ । बैठकले ढकाललाई अन्तिमपटक स्पष्टीकरणका लागि समय दिने निर्णय गरेको कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

२५ असारमा रास्वपाले ढकाललाई महामन्त्री, प्रवक्ता, केन्द्रीय सदस्य पदबाट हटाएको थियो । उनलाई साधारण सदस्यबाट पनि किन नहटाउने भन्दै रास्वपाले स्पष्टीकरण माग गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?