+
+

नारायणगढ-मुग्लिन सडकमा गुडिरहेको माइक्रोमा ढुंगा खस्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ५ गते १४:१७
फाइल तस्वीर ।

५ भदौ, काठमाडौं । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा गुडिरहेको गाडीमा ढुंगा खसेको छ ।

भरतपुर महानगरपालिका-२९ स्थित १७ किलो भन्ने ठाउँमा काठमाडौंबाट नारायणगढतर्फ आइरहेको बा प्र ०१-००६ ख ६४१४ नम्बरको माइक्रोबसमा ढुङ्गा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी भावेश्वर रिमालले जानकारी दिए ।

दुर्घटनामा गाडीमा सवार देबचुली नगरपालिका–१३ का ३० वर्षीया कल्पना परियार र उनकी आठ वर्षीया छोरी कन्चन परियार सामान्य घाइते भकाए छन् । उनीहरूलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरपुर लगिएको छ ।

माइक्रोमा सामान्य क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?