+
+

नेपालमा स्टार्टअप संस्कृतिको विकास आवश्यक : उद्योगमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ५ गते १५:०६

५ भदौ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा स्टार्टअप संस्कृतिको विकास आवश्यक रहेको बताएका छन् ।

काठमाडौंमा बुधबार आयोजित स्टार्टअप नेसन-२०३० कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उद्योगको विविधीकरण गरी परम्परागत निर्भरता घटाउन, अत्याधुनिक प्रविधिको विकास एवम् प्रयोग गर्न स्टार्टअपको भूमिका नेतृत्वदायी हुने उनले बताए ।

स्टार्टअप उद्यममैत्री पर्यावरण निर्माण गर्न सरकारले राष्ट्रिय स्टार्टअप नीति-२०८१ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको उनले बताए ।

नीतिले स्टार्टअप व्यवसायलाई परिभाषित गर्नुका साथै यसका लागि आवश्यक पर्ने रणनीति तथा कार्यनीतिको व्यवस्था गरेको उनको भनाइ छ ।

स्टार्टअप नीतिको मूल लक्ष्य उद्यमशीलताको माध्यमबाट उत्पादन एवम् रोजगारी सिर्जना गर्ने रहेको उनले बताए ।

उद्यागमन्त्री भण्डारीले स्टार्टअपमैत्री वतावरणलाई थप सहज बनाउन सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ मा संशोधन गरी स्टार्टअप उद्यमको करका प्रशासन अभिलेख, व्यवस्थापन र स्टार्टलाई सुविधा उपलब्ध गराउने कानुनी व्यवस्था गरिसकेको बताए ।

मन्त्री भण्डारीले स्टर्टअपको वित्तीय पहुँचलाई सहज बनाउन आर्थिक वर्ष २०८०/८१ मा १६५ वटा स्टार्टअपलाई वार्षिक ३ प्रतिशत सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको बताए ।

चालु आर्थिक वर्षमा स्टार्टअप कार्यक्रम सञ्चालन गर्न १ अर्ब रुपैयाँ विनियोजन गरेको उनको भनाइ थियो ।

चालु आर्थिक वर्षमा सबै प्रदेशमा कम्तीमा एउटाका दरले उद्यम समर्थन केन्द्रको स्थापना गर्न १ करोड ५५ लाख रुपैयाँ विनियोजन गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?