+

स्टर्लिङले सर्भेटविरुद्धको पहिलो लेग गुमाउने

२०८१ भदौ  ५ गते १५:२७ २०८१ भदौ ५ गते १५:२७
स्टर्लिङले सर्भेटविरुद्धको पहिलो लेग गुमाउने

५ भदौ, काठमाडौं । चेल्सीका विंगर रहिम स्टर्लिङले युरोपा कन्फरेन्स लिगको प्लेअफ अन्तर्गत सर्भेटविरुद्धको पहिलो लेगमा नखेल्ने भएका छन् ।

बिहीबार घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा हुने खेलका लागि चेल्सीका २९ वर्षीय इङ्ल्यान्ड फर्वाडलाई बाहिर राखिएको छ । चेल्सीले लगातार दोस्रो खेलमा स्टर्लिङलाई बाहिर राखेको हो । यसअघि आइतबार प्रिमियर लिगको पहिलो खेलमा म्यानचेस्टर सिटीविरुद्ध पनि स्टर्लिङ टिममा अटाएका थिएनन् ।

चेल्सीले डिफेन्डर बेन चिलवेल, वेस्ले फोफाना र टोसिन अडाराबियोयोलाई पनि बिहीबार हुने खेलको टोलीमा समावेश गरेको छैन । यस खेलको दोस्रो लेग २९ अगष्टमा स्वीट्जरल्यान्डमा हुनेछ ।

यदि चेल्सीले पहिलो लेगमा जित हात पारेमा कन्फ्रेन्स लिगमा स्टर्लिङले समूह चरणको खेलमा आफ्नो टिमको लागि खेल्ने मौका पाउनेछन् ।
चेल्सीले यो समरमा ११ खेलाडीलाई टिममा भित्र्याउन कम्तीमा पनि १८५ मिलियन पाउण्ड खर्च गरेको छ । म्यानेजर एन्जो मार्सेकासँग ४० भन्दा बढी सिनियर खेलाडीको टिम रहेको छ ।

यसै कारण पनि चेल्सीले स्टर्लिङलाई मौका दिन नपाएको मार्सेकाले बताए । ‘हामी स्टर्लिङलाई चाहन्छौं, तर हामीसँग सबै खेलाडीलाई खेलाउन मिल्ने गरी ठाउँ हुँदैन’, उनले भने ।

२०२२ जुलाइमा म्यानचेस्टर सिटीबाट ५० मिलियन पाउण्डमा चेल्सी आएका स्टर्लिङले हालसम्म चेल्सीका लागि ८१ खेल खेलेका छन् ।

विंगर रहिम स्टर्लिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय