+
+

नेप्से २.११ अंकले बढ्यो, कारोबार रकममा गिरावट

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ५ गते १५:२९

५ भदौ, काठमाडौं । दुई दिनको सार्वजनिक बिदापछि बुधबार खुलेको सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । बुधबार बजार परिसूचक नेप्से २.११ अंकले वृद्धि हुँदा १९६८.४४ को बिन्दुमा बन्द भएको हो ।

गत साता ३ हजारको बिन्दु पार गरेर बन्द भएको नेप्से यो साताको पहिलो कारोबार दिन नै ३४.४७ अंकले गिरावट भएर २९६६.३३ को बिन्दुमा बन्द भएको थियो ।

सोमबार र मंगलबारको सार्वजनिक बिदा पछि बुधबार खुलेको नेप्से उतारचढावबीच सामान्य बढेर बन्द भएको हो ।

बुधबार नेप्सेमा लघुवित्त, बीमा, हाइड्रोपावर, होटल तथा पर्यटन लगायतका धेरै उपसूचक गिराट भएपनि वित्त कम्पनीसँगै बैंकिङ उपसूचक समेत वृद्धि हुँदा नेप्सेमा सामान्य वृद्धि भएको हो ।

वित्त कम्पनी उपसूचक सर्वाधिक ४.९९ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक ०.७२ प्रतिशत, बैंकिङ उपसूचक ०.५९ प्रतिशत, लगानी उपसूचक ०.१२ प्रतिशत र अन्य उपसूचक ०.१८ प्रतिशतले वृद्धि भएको छ ।

व्यापार उपसूचक २.०९ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १.०३ प्रतिशत, हाइड्रोपावर उपसूचक ०.७५ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.६८ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेमा सामान्य वृद्धि भएपनि कारोबार रकम भने केही घटेको छ । गत साताको बिहीबार २९ अर्ब ९५ करोड र गत आइतबार २८ अर्ब ८३ करोडको कारोबार भएको सेयर बजारमा बुधबार भने कारोबार १९ अर्ब पनि पुगेन ।

बुधबार नेप्सेमा २ लाख १४ हजार ३१९ वटा कारोबारमा ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ९० करोड ६४ लाखको कारोबार भएको छ । जसमध्ये हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक ६६ करोडको सेयर कारोबार हुँदा अपी पावरको ४५ करोड ७८ लाख र एभरेस्ट बैंकको ४५ करोड १० लाखको सेयर कारोबार भएको छ । त्यस्तै सानिमामाई हाइड्रोपावरको ३६ करोड ८१ लाखको सेयर किनबेच भएको छ ।

बुधबार नेप्सेमा कारोबार भएकामध्ये ५ कम्पनीको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स र डोल्ती पावरको सेयरमूल्य १० प्रतिशतले बढेको छ । यस्तै मल्टिपपर्स पाइनान्सको सेयरमूल्य सेयरमूल्य ९.९९ प्रतिशतले बढेर बन्द भएको हो ।

कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा मातृभूमि लघुवित्तको सेयरमूल्य ५.९८ प्रतिशत र सम्पदा लघुवित्तको सेयर मूल्य ५.४८ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?