+
+

माल्दिभ्समा पहिलोपटक नेपाली फिल्म, ‘छक्कापञ्जा ५’ कात्तिक १ मा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ५ गते १६:५३

काठमाडौं । दक्षिण एसियाली टापु मुलुक माल्दिभ्समा नेपाली फिल्मको नियमित प्रदर्शन हुने भएको छ । नेप-फिल्म्सले पहिलोपटक प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ५’ लाई त्यहाँ रिलिज गर्न लागेको हो ।

कात्तिक १ गते (अक्टोबर १७)मा दीपकराज गिरी र वर्षा सिवाकोटी स्टारर फिल्म प्रदर्शन हुन लागेको वितरक रमेश ढकालले जानकारी दिए । माल्दिभ्समा अबदेखि नियमित नेपाली फिल्म रिलिज गर्ने उनको तयारी छ ।

माल्दिभ्सका दुईवटा हलमा फिल्म रिलिजबारे नेप-फिल्म्स र स्थानीय स्वाक सिनेमाबीच सहमति जुटेको छ । जसअनुसार माल्दिभ्सको राजधानी माले र हलह्युमेल टापु सहरस्थित हलमा पनि फिल्म रिलिज हुन लागेको ढकालले जानकारी दिए ।

परराष्ट्र मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार माल्दिभ्समा ५ हजारभन्दा बढी नेपाली कार्यरत छन् । ‘नेपाली फिल्मको नयाँ बजार खोजी गर्ने क्रमअनुसार माल्दिभ्समा नेपाली फिल्म अबदेखि नियमित रिलिजको टुंगो लागेको छ,’ ढकालले अनलाइनखबरसँग भने, ‘नयाँ बजारको खोजी गर्ने क्रम जारी रहन्छ ।’

नेप–फिल्म्सले ‘छक्कापञ्जा ५’लाई मध्यपूर्व र मलेसियामा समेत रिलिज गर्दैछ । दीपाश्री निरौला निर्देशित फिल्म नेपाल र अमेरिकामा भने दशैंको फूलपाती अर्थात् असोज २४ गते प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?