+
+

सरकारमा जान हतार गर्दैनौं, सरकार नै हामीसँग आउनुपर्छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ५ गते १७:०३

५ भदौ, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जान हतार नगर्ने बताएका छन् । तर अबदेखि सरकारमा जाँदै जाँदैनौं भन्ने पनि सही नभएको उनले बताएका छन् ।

बुधबारदेखि सुरु भएको बागमती प्रदेशस्तरीय प्रशिक्षणमा माओवादी अध्यक्ष प्रचण्डले तत्काल सरकारमा जानतिर लाग्न नहुने बताए । उनको भनाइ उधृत गर्दै एक सहभागीले भने, ‘हामी सरकारमा जाने हतार गर्दैनौं, सरकार नै हामीसँग आउनुपर्छ भन्ने अध्यक्षको धारणा थियो ।’

१८ महिना सरकारको नेतृत्व गर्दा गरेको राम्रो कामबाट तर्सिएर कांग्रेस र एमालेले सरकार ढालेको उनको दाबी छ । सरकार छाड्दा पनि उच्च मनोबलका साथ आएको भन्दै माओवादी अध्यक्ष प्रचण्डले भने, ‘जनताको बीचमा राम्रै छाप परेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?