+
+

१०० दिनका कामको विवरण सार्वजनिक गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ५ गते १७:२१

५ भदौ, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले १०० दिनभित्र गर्ने कामको विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।

सबै मन्त्रालयहरुले आफू र आफू मातहतका निकायबाट १०० दिनभित्र गर्ने कामका योजना बनाएका छन् । ती योजनालाई सार्वजनिक गर्ने तयारी गरिएको हो ।

‘सय दिनमा के–के काम गर्दैैछौं भन्ने छिट्टै बाहिर ल्याइँदैछ’, मुख्यसचिव लीलादेवी गड्तौलाले भनिन् ।

नेपाल उद्योग परिसंघले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा मुख्यसचिव गड्तौलाले सरकारले सय दिनमा गर्ने कामहरुको योजना छिट्टै सार्वजनिक गर्ने तयारी भएको जानकारी दिइन् ।

गत वर्षभन्दा यो वर्ष सरकारले बजेट कार्यक्रम कार्यान्वयनमा बढी सफलता पाउने र बजेट खर्च पनि बढ्ने उनको दाबी छ ।

मुख्यसचिव गडतौलाले आफ्नो जिम्मेवारी पूरा गर्न कर्मचारीहरुलाई निर्देशन समेत दिइन् । उनले जिम्मेवार निकायमा बस्नेहरुले बोल्ने भन्दा पनि काम गरेर परिणाम देखाउन केन्द्रित हुनुपर्ने समेत बताइन् ।

मुख्यसचिव गड्तौलाले आफ्नो काम नगर्ने र अरुको काममा वुद्धि छाँट्ने काम नगर्न समेत सचेत गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?