+
+

प्रधानमन्त्री ओलीसँग दक्षिण कोरिया राजदूतले गरे भेट

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ५ गते १७:४४

५ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले भेट गरेका छन् ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजदूत ताइयोङले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

भेटमा आर्थिक, व्यापार लगानी, पर्यटन प्रवर्द्धनलगायत दुई पक्षीय हितका विविध क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको प्रधानन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले नेपालको विविध क्षेत्रको विकासमा दक्षिण कोरियाको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेका थिए ।

राजदूत पार्कले प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गरेका थिए ।

भेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?