+
+

लुटपाटमा संलग्न रहेको आरोपमा कौशलटारबाट ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ५ गते १७:५६

५ भदौ, काठमाडौं। लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काभ्रेको तिमाल गाउँपालिका–९ का ३८ वर्षीय खनक भनिने अनिलकुमार तामाङ, काभ्रेकै नमोबुद्ध नगरपालिका–५ का ३४ वर्षीय गणेश लामा र काभ्रेकै बेथानचोक गाउँपालिका–६ का ३१ वर्षीय रोहित भनिने सुरेश तामाङ छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कौशलटारबाट पक्राउ गरेको हो ।

यो समूहले २१ साउन २०८१ मा जडिबुटीस्थित सिद्धार्थ पेट्रोल पम्पदेखि कमल विनायक जाने क्रममा रामेछापको सुनापति गाउँपालिका–१ घर भएकी ५० वर्षीया कमला गौतमले लगाएको सुनाको सिक्रि चोरी गरेको आरोप छ ।

पक्राउ परेकाहरुलाई कारबाहीका लागि प्रहरी वृत्त ठिमी पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा एसपी काजिकुमार आचार्यले बताए ।

पक्राउ परेका मध्ये अनिल यसअघि १ जेठ २०७१ मा प्रहरी वृत्त गौशालाबाट अभद्र व्यवहारको कसुरमा मुद्दा चलेको व्यक्ति रहेको पाइएको छ ।

अर्का व्यक्ति गणेशविरुद्ध २६ मंसिर २०७५ मा, ० पुस २०७६ मा, २१ कात्तिक २०७९ मा र ४ साउन २०८१ मा प्रहरी वृत्त नयाँ बानेश्वरबाट मुद्दा चलेको पाइएको छ ।

त्यसैगरी पक्राउ परेका अर्का प्रतिवादी सुरेशविरुद्ध ७ कात्तिक २०७८ मा प्रहरी वृत्त बौद्धबाट, ३० कात्तिक २०७८ मा, ८ भदौ २०७८ मा र २६ भदौ २०७९ मा प्रहरी वृत्त गौशालाबाट अभद्र व्यवहारको कसुरमा मुद्दा चलेको खुलेको एसपी आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?