+

फेलिक्स चेल्सीमा अनुबन्ध, गालाघर एट्लेटिको पुगे

२०८१ भदौ  ५ गते १९:५५ २०८१ भदौ ५ गते १९:५५
फेलिक्स चेल्सीमा अनुबन्ध, गालाघर एट्लेटिको पुगे

५ भदौ, काठमाडौं । इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब एट्लेटिको मड्रिडका जाआओ फेलिक्सलाई अनुबन्ध गरेको छ । चेल्सीका कोनोर गालाघर भने एट्लेटिको मड्रिड पुगेका छन् ।

लण्डन क्लब चेल्सीले फेलिक्सलाई ४६.३ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । पोर्चुगलका अन्तर्राष्ट्रिय खेलाडी फेलिक्सले चेल्सीसँग सात वर्षको सम्झौता गरेका छन् ।

२४ वर्षीय फेलिक्सले यसअघि सन् २०२२/२३ को सिजन चेल्सीबाट ६ महिना लोनमा खेलेका थिए । जहाँ उनले १६ प्रिमियर लिग खेल खेल्दै ४ गोल गरेका थिए । यस पटक भने उनी स्थायी रुपमै स्टानफोर्ड ब्रिज पुगेका छन् ।

फेलिक्सले गत सिजन लोनमा स्पेनिस क्लब बार्सिलोनाबाट खेलेका थिए । जहाँ उनले ४४ खेल खेल्दा १० गोल गरेका थिए ।

चेल्सी फर्किन पाउँदा आफूलाई खुशी लागेको र आफूले हासिल गरेको अनुभव त्यहाँ काम लाग्ने उनले बताए ।

चेल्सीले यस समरमा अनुबन्ध गरेको फेलिक्स दशौं खेलाडी हुन् । फेलिक्स अनुवन्धपछि चेल्सीले २०२.६ मिलियन पाउण्ड खर्च गर्दै प्रिमियर लिगमा समरमा धेरै खर्च गर्ने टोली बनेको छ ।

चेल्सीले फेलिक्सलाई अनुबन्ध गरेपछि चेल्सीका गालाघर एट्लेटिको मड्रिड जाने बाटो खुल्यो । एट्लेटिकोले गालाघरलाई ३६ मिलयन पाउण्डमा अनुबन्ध गरेको हो ।

इंग्ल्याण्डका अन्तर्राष्ट्रिय खेलाडी गालाघरले एट्लेटिको मड्रिडसँग पाँच वर्षको सम्झौता गरेका छन् । उनको स्वास्थ्य परीक्षण पनि भइसकेको छ । २४ वर्षीय गालाघर २०२९ सम्म एट्लेटिकोमा रहनेछन् ।

गालाघरले भिडियो सन्देशमा चेल्सीका सबै समर्थकलाई धन्यवाद दिएका छन् ।

कोनोर गालाघर चेल्सी जाआओ फेलिक्स फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय