+
+

बजेट कार्यान्वयन प्रभावकारी हुन्छ : मुख्यसचिव

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ५ गते २०:०९

५ भदौ, काठमाडौं । नेपाल सरकारकी मुख्यसचिव लिलादेवी गडतौलाले बजेटको सफल एवम् प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताएकी छन् ।

चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा घोषणा गरिएका अर्थतन्त्र एवम् निजी क्षेत्रसँग सम्बन्धित विषयवस्तु समेटेर नेपाल उद्योग परिसंघले तयार गरेको पुस्तिका सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

बजेट वाच पहलमार्फत परिसंघले सरकार एवम् सरोकार निकायलाई सहयोग गरेको भन्दै उनले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन अन्य आर्थिक वर्षको तुलनामा प्रभावकारी हुने बताइन् ।

अर्थतन्त्रसँग सम्बन्धित अन्य विषय छुटेको भन्दै उनले त्यस्ता विषयलाई समेत समावेश गर्न सुझाव दिए ।

कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बजेटको सफल कार्यान्वयनबाट नै पूँजीगत खर्च बढ्ने, बजेटले निर्दिष्ट गरेको लक्ष्य हासिल हुने, नीतिगत सुधार हुँदै समग्र अर्थतन्त्रको विस्तार भई आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न बजेटको सफल कार्यान्वयन अति आवश्यक रहेको बताए ।

बजेट कार्यान्वयनलाई प्रभावकारी बनाई देशको आर्थिक विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने उद्देश्यका साथ परिसंघले नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा ‘सीएनआई बजेट वाच’ पहल सञ्चालन गरिरहेको बताए ।

परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले चालु आर्थिक वर्षको बजेटमा गरिएको व्यवस्था र त्यसको कार्यान्वयनका विषयमा गरिनुपर्ने कामका विषयमा प्रस्तुतीकरण दिएका थिए ।

कार्यक्रममा विभिन्न मन्त्रालयका सचिव, सहसचिव, महानिर्देशक एवम् उच्च सरकारी अधिकार, उद्योगी व्यवसाय लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?